गौतम बुद्ध, मुलपानी र विराटनगर क्रिकेट रङ्गशाला गौरवको आयोजना
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
3.5k
Shares
तस्बिर : फाइल
काठमाडौँ। सरकारले तीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।