बलात्कार आरोपी सन्दीप लामिछानेको मुद्दामा बहस नोट मागियो, मंसिर २४ मा पेसी
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस नोट मागेको छ ।
लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।
इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलाई तोकिएको छ ।
उनीमाथि गत वर्षको भदौदेखि मुद्दा चलिरहको भए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । यद्यपि अदालतले सहुलियत दिँदै उनलाई क्रिकेट खेल खेल्न रोकेको छैन ।