arrow

एकै ओभरमा छ खेलाडी आउट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
garath-morgan-6wicket-sixball.jpg

काठमाडौँ । अष्ट्रेलियाको थर्ड डिभिजन क्लब क्रिकेटमा खेलिएको एक खेलको एकै ओभरमा छ खेलाडी आउट भएका छन् । 

ग्यारेथ मोर्गानले एकै ओभरको ६ बलमा ६ खेलाडीलाई आउट गरेका हुन् । क्लब क्रिकेटमा यस्तो दोस्रो पटक भएको छ । यसअघि सन् २०१७ मा अष्ट्रेलियामै खेलिएको क्लब क्रिकेटमा २९ वर्षीय एलेड क्यारीले ६ बलमा ६ विकेट लिएका थिए । 

गत शनिबार गोल्ड कोस्ट प्रिमियर लिगमा भएको मुदगिराबा नेरंग एन्ड डिस्ट्रिक्ट क्रिकेट क्लब र सफर्स प्याराडाइजबीचको खेलमा मोगार्नले टिमलाई जिताएका हुन् । 

सफर्स प्याराडाइजलाई ६ बलमा जितका लागि ५ रन चाहिएकामा सबै बलमा खेलाडीहरु आउट भएसँगै मोर्गानले टिमलाई ४ रनले जिताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ