arrow

सेनाभित्रको उमेर विवाद समाधान कहिले हुन्छ ? ताराध्वजले राजीनामा दिएर उम्किए त ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
Nepal-army-logo.jpg

काठमाडौँ । नेपाली सेनामा उमेर विवाद र शैक्षिक प्रमाणपत्र विवाद पहिलेदेखिकै हो । तर यसको समाधानका लागि न सेना नै गम्भीर भएको पाइएको छ न त सरकारले नै चासो लिएको पाइएको छ । 

केही घटना बाहिर आउँछन् अनि सामसुम हुन्छन् । सेनाले यस्ता घटनाहरु गुपचुप पार्छ । आफ्नो गरिमा जोगाउने भन्दै अपराध प्रवृत्तिलाई बढावा दिइरहेको त छैन ? भन्ने प्रश्न उब्जिएको छ ।  

पछिल्लो समय उपरथी ताराध्वज पाण्डे उमेर विवाद भएपछि राजीनामा दिएर उम्किएका छन् । अघिल्लो एक वर्ष नौ महिनाअघि नै अवकाशमा जानु पर्नेमा प्रधानसेनातिको रोलक्रममा उभिनै लाग्दा उनले राजीनामा दिएर हिँड्नु पर्यो । 

रथीमा बढुवा सिफारिस नभएको भए ५७ वर्ष उमेर हदका कारण यसै पनि पाण्डे मंसिर २२ मा निवृत्त हुने थिए । किनभने उपरथीको उमेर अवधि ५७, रथीको ५८ र महारथीको ६१ वर्ष तोकिएको छ । 

यद्यपि वास्तविक नागरिकतालाई नै आधार बनाइन्थ्यो भने पाण्डे एक वर्ष नौ महिनाअघि नै निवृत्त भइसकेका हुने थिए । उनको नागरिकतामा कैफियत छ भन्ने जान्दा जान्दै पनि सैनिक नेतृत्वले नै जोगाएर उनलाई कि उपरथीका लागि बढुवा सिफारिस गर्यो भन्ने प्रश्न उठेको छ । 

त्यतिमात्र होइन एक वर्ष नौ महिनाअघि नै घर जानुपर्ने व्यक्तिलाई राज्यले यतिबेलासम्म गरेको खर्चको दुरुपयोगको जिम्मा सैनिक नेतृत्व र उनी स्वयंले लिनुपर्ने हुन्छ । 

तर नेपाली सेनाभित्र रहेको टिमले उनलाई उन्मुक्ति दिएर अवकाश जान सुझाएको थियो । ‘उहाँलाई राजीनामा दिन सुझाव दिइएको हो, यही रहे कोर्टमार्सल हुनसक्थ्यो’, स्रोतले भन्यो । 

उनको उमेर विवादमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलेसमेत चासो राख्दै रक्षा मन्त्रालयलाई पत्रचार गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो राखेपछि उनको उमेर विवादमा सेनाको कानुन हेर्ने प्राड विवाकमासमेत गम्भीर छलफल भएको थियो । 

गत हप्ता बिहीबार राति सेनाको प्राड विवाकले उपरथी पाण्डेको उमेर विवादको विषयमा छलफल गरेको थियो । सो छलफलपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । 

पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ । तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद शुरु भएको हो ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको छ । 

अरु त्यस्ता केही सैन्य अधिकृतहरुको पनि यसमा समस्या रहेको सैन्य स्रोत बताउँछ । यद्यपि प्रधानसेनापति मातहत रहेको सो विवाकले चाहेर मात्र छानबिन हुँदैन । प्रधानसेनापति प्रभुराम शर्माले नै निर्देशन दिनुपर्ने हुन्छ ।

शैक्षिक प्रमाणपत्र र नागरिकताको विवादमा तत्कालीन पूर्वप्रधान सेनापतिद्धय धर्मपालवरसिंह थापा र रुक्माङ्गगत कटवालका छोराहरु क्रमशः उपरथी अजितवरसिंह थापा तथा प्रमुख सेनानी सुक्माङ्गत कटवालले राजीनामा दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ