नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि प्रचण्डले यसो भने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
964
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा मनाउन सङ्कीर्णता गर्नु नहुने बताएका छन् । मङ्गलवार काठमाडौँ नेपाल संवत्् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
हिजोको मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्् ११४४ देखि विक्रम संवत्् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्् समेत उल्लेख गर्ने निर्णय गरेको छ ।
उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको काम साह्रानिय रहेको बताए । उनले नेपाल संवत्् राष्ट्रिय संवत्् भएकाले सबै मिलेर मनाउनुपर्ने बताए ।
उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्् भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरूमा उल्लेख गर्न अनिवार्य गरिएको बताए ।