arrow

इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन सक्दैन: रवि लामिछाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
ravi-lam-2080-07-27.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् । 

मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले इतिहासलाई जोगाउन अति आवश्यक भइसकेको बताए । उनले इतिहास जस्तो भए पनि आफ्नै मूल्य र मान्यता हुने भन्दै इतिहासको सम्मान गर्न सक्नुपर्ने बताए । 

उनले ठाउँका नामहरू मौलिक रूपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरू पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्यमान्यता मेटिँदै गइरहेको बताए ।

सभापति लामिछानेले देशमा लघुवित्त, सहकारीका कारण ऋणको पासोमा पुगेका नागरिकलाई ऋणमुक्त गरेर जान सहकारी, बैङ्क र लघुवित्तको ब्याजदर व्यवस्थित गरेर जान सके राष्ट्रिय विभूति शंखधर शाख्वाप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ