arrow

नरसंहारमा सय जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
burkina-faso.jpg
तस्बिर – फाइल ।

बुर्किना फासो । पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिब १०० सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले सोमबार जनाए अनुसार बुर्किना फासोको उत्तर–मध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिका सहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको खबर छ । 
    
जाओन्गो गाउँ बोल्सा शहरबाट करिब ६० किलोमिटर टाढा छ ।  घटनाको कारण र संलग्नता बारे अहिलेसम्म कुनै जानकारी सार्वजिनक भएको छैन । अभियोजक साइमन ग्यानोउले बताए अनुसार अहिलेसम्म घटनाको यथेष्ट प्रमाण भेटिएको छैन । 

बुर्किना फासो सन् २०२२ को जुलाईदेखि सैनिक शासनको अधीनमा छ। सैन्य अधिग्रहण पछि जन्टाले सुरक्षालाई प्राथमिकता दिएको छ तर इस्लामवादी समूहहरूलाई नियन्त्रण गर्न संघर्षरत छ ।

विभिन्न किसिमका आतङ्ककारी आक्रमणबाट सयौं नागरिकको मृत्यु भएको छ । बुर्किना फासो हिंसाको केन्द्रबिन्दु बनेको छ । अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित इस्लामवादी समूहहरूका  गतिविधि विशाल सहेल क्षेत्रमा फैलिएको छ ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार गरिब राष्ट्रको ठूलो भाग “युद्ध अपराध र मानवअधिकार उल्लङ्घन गर्ने” सशस्त्र समूहहरूको घेराबन्दीमा छ । यसै वर्षको अप्रिलमा छुट्टाछुट्टै गाउँहरूमा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । जुन जन्टा अधिकारीहरूले इस्लामवादी आतङ्कवादीहरूलाई दोष लगाएका थिए ।

अप्रिलमा नै सैन्य पोशाकमा सशस्त्र व्यक्तिहरूले सोही क्षेत्रको एउटा गाउँमा गरेको आक्रमणमा १३६ जना नागरिक मारिएका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ