arrow

तीन दिन हिमपातको सम्भावना, सतर्क हुन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
humla-snows-new.jpg

काठमाडौँ । तीन दिनसम्म देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हिमपातको सम्भावना रहेको छ।

त्यसैगरि भोलि शुक्रबार पनि  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 हिमपातको सम्भावना र देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट सतर्क हुन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ