arrow

काठमाडौँदेखि मधेससम्म छठको तयारी [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
chhat-2080-07-30-(12).jpg

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्व मनाउने तयारी तीव्र भइरहेको छ । तराईमा मात्र नभइ काठमाडौँ उपत्यकाका नदी किनार र पोखरीमा छठको लागि घाट बनाएर छठ पर्वको तयारी गरिएको छ ।

पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुहेश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने, मण्डप बनाउनका लागि बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको छ ।

त्यस्तै करिब ९ वर्षदेखि कमलपोखरीमा पनि छठको पूजा गर्ने गरिन्छ । कमलपोखरीमा स्थानीयकै पहलमा हरेक वर्ष छठको धुमधामले पूजा गरिँदै आएको व्यवस्थापन समितिले जनाएको छ । 

मधेसमा कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । 

विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको छ । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक शुरु हुने गर्छ ।

अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । 

खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । 

यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झाले बताए । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ । 

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ । 

छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री रहने गर्छ ।

चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको शुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णव बताउँछन् । 

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्त्व पनि त्यत्तिकै महत्त्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने गरेको जानकारहरुको भनाइ छ । 

chhat-2080-07-30 (1).jpg
chhat-2080-07-30 (2).jpg
chhat-2080-07-30 (3).jpg
chhat-2080-07-30 (4).jpg
chhat-2080-07-30 (5).jpg
chhat-2080-07-30 (6).jpg
chhat-2080-07-30 (7).jpg
chhat-2080-07-30 (8).jpg
chhat-2080-07-30 (9).jpg
chhat-2080-07-30 (10).JPG
chhat-2080-07-30 (11).jpg
chhat-2080-07-30 (12).JPG
chhat-2080-07-30 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ