arrow

शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काइ डाइभ’ गरेर राखिन् विश्व कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
sheetal-mahajan-sky-diver1.jpg
तस्बिर – महाजनको फेसबुक वालबाट ।

काठमाडौँ । भारतकी व्यावसायिक ‘स्काइ डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काइ डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छिन् । 

कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वल्ड रेकर्डमा दर्ता गराएकी हुन् । 

यसअघि कालापत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन् । न्यूजिल्याण्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो ।

४१ वर्षीया महाजन भारतको पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन् । उनले भारतको प्रसिद्ध पद्यमश्री पुरस्कार प्राप्त गरिसकेकी छिन् । ‘एभरेस्ट स्काइ डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काइ डाइभ’ गरेर कीर्तिमान कायम गरेकी कम्पनीले जनाएका अध्यक्ष सुमन पान्डेले जानकारी दिए । 

     महाजनको रेकर्ड गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वल्र्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ ।

     उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्व रेकर्ड राखेकामा महाजनलाई बधाई दिँदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

     स्काइ डाइभर महाजनले लामो समयदेखिको आफ्नो सपना पूरा भएकोमा खुशी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रिय रुपमा लाग्ने बताइन् । 

एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेका अनुसार एभरेस्ट स्काई डाईभ असाध्यै आकर्षक र साहसिक खेलको रुपमा चर्चित छ । चर्चित अन्तर्राष्ट्रिय मिडिया सिएनएनले जीवनभरमा गर्नुपर्ने साहसिकमध्ये स्काई डाईभलाई पाँच नम्बरमा राखेको छ ।

     “धेरै विदेशी नागरिक सगरमाथा आरोहण र पदयात्रा गर्न आउँछन् । तर, सगरमाथा आरोहण गर्न नसक्नेलाई सगरमाथाको उचाइबाट स्काइडाइभ गर्ने फरक दृष्टिकोणबाट सगरमाथाको अवलोकन गर्छन् । यो पनि मूल्यवान कुरा हो । उनीहरुले ‘स्टोरी’ लिएर जान्छन् । यसले नेपाल गन्तव्यको प्रवर्द्धन हुन्छ”, अध्यक्ष पाण्डेले भने ।

     स्काई डाईभ एक साहसिक खेल पर्यटन हो । विश्वभर सात लाख स्काई डाइभर रहेको बताइन्छ । दुबईमा समुद्रबीचको टापुमा स्काइ डाइभ गरिन्छ । मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ । इजिप्टमा पिरामिडको अगाडि स्काइ डाइभ हुन्छ । स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ । जुन जीवनकालकै बहुमुल्य हुन्छ । नेपालको स्काइ डाईभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काइ डाइभको आकर्षण हुन्छ ।

     मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काइ डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताए । स्काइ डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले उल्लेख गरे । 

     नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ शुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काइ डाइभ हँुदै आएको छ । सन् २००९ मा हाईएस्ट ‘स्काई डाइभ’ कालापत्थरमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ