arrow

छठीमाताको पूजा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
chhat-puja-2020-08-03-(21).jpg

काठमाडौँ । देशका विभिन्न भेगका छठीमाताको पूजा गरेर छठ पर्व मनाइएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आइतबार साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् ।     

राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गरे । काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी  गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना भएको छ । 

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार जितेन्द्र झाले बताए । 

छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुगेका थिए । 

त्यसैगरी देशका विभिन्न भागमा पनि छठीपूजा गरिएको छ । 

सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आइतबार रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । 

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । 

छठपर्वको उपलक्ष्यमा पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

chhat-puja-2020-08-03 (1).jpg
chhat-puja-2020-08-03 (2).jpg
chhat-puja-2020-08-03 (3).jpg
chhat-puja-2020-08-03 (4).JPG
chhat-puja-2020-08-03 (5).JPG
chhat-puja-2020-08-03 (6).jpg
chhat-puja-2020-08-03 (7).jpg
chhat-puja-2020-08-03 (8).jpg
chhat-puja-2020-08-03 (9).jpg
chhat-puja-2020-08-03 (10).jpg
chhat-puja-2020-08-03 (11).JPG
chhat-puja-2020-08-03 (12).jpg
chhat-puja-2020-08-03 (13).jpg
chhat-puja-2020-08-03 (14).jpg
chhat-puja-2020-08-03 (15).jpg
chhat-puja-2020-08-03 (16).jpg
chhat-puja-2020-08-03 (17).jpg
chhat-puja-2020-08-03 (18).jpg
chhat-puja-2020-08-03 (19).JPG
chhat-puja-2020-08-03 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ