arrow

अष्ट्रेलियासँग भारतले हारेपछि काजोलले भनिन्- 'बाजीगर' 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
koholi-rohit-cry.jpg

काठमाडौँ । विश्वकप क्रिकेटको फाइनलमा भारत अष्ट्रेलियासँग पराजित भएपछि बलिउड अभिनेत्री काजोलले बाजीगरको संज्ञा दिएकी छन् । 

गए राति भएको खेलमा अष्ट्रेलियाका खेलाडीहरूले भारतीय टोलीमाथि दबाब कायम गर्दै २४० मै रोके। 

अष्ट्रेलियाका खेलाडीले यो रन रेटलाई तीव्र गतिमा कायम राख्दै जित हासिल गरेका थिए । 

भारतीय टोलीको पराजयले भारतीय टोलिका फ्यानहरू निराश छन् । 

तर हारपछि पनि कप्तान रोहित शर्मा, क्रिकेटर विराट कोहली, केएल राहुललगायतलाई बलिउड सेलिब्रेटीहरूले प्रोत्साहन गरिरहेका छन्।

त्यसै क्रममा अभिनेत्री काजोलले भारतीय टोलीको साहस बढाएकी हुन् ।

 इन्स्टा स्टोरीमा तस्बिर सेयर गर्दै काजोलले लेखेकी छिन्, ‘हारेर पनि जित्नेलाई बाजीगर भनिन्छ । टीम इन्डिया, तिमीले धेरै राम्रो खेल्यौ। अष्ट्रेलियाले अर्को विश्वकप जितेकोमा बधाई ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ