arrow

जनकपुरमा यसरी सकियो लोकआस्थाको महापर्व छठ [फोटोफिचर] 

logo
निरञ्जन साह,
प्रकाशित २०८० मंसिर ४ सोमबार
chhat-janakpur-2080 (21).jpg

धनुषा । लोकआस्थाको महापर्व छठ सम्पन्न भएको छ । पर्वको चौथो दिन हिजो अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई र आज सोमबार बिहान सप्तमीका दिन उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएसँगै पर्व सम्पन्न भएको छ । 

उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरघ’ र पारण पनि भनिन्छ । छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदार कहाँ पुर्याउन जाने परम्परा छ । 

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेस मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीलेसमेत धुमधामसँग मनाउन थालेकाले छठपर्व साझा बनेको छ ।

इस्लाम धर्मावलम्बीले छठको भाकल गरेर व्रत बसेका बर्तालुलाई प्रसाद सामग्री सूर्यलाई चढाएको देखाइदिन आग्रह गरेका अब प्रशस्त देखिन थालेको छ । छठ राष्ट्रिय पर्वको रुपमा उदाएको छ ।

यसरी मनाइयो जनकपुरमा छठ तस्बिरमा-

chhat-janakpur-2080 (1).jpg
chhat-janakpur-2080 (2).jpg
chhat-janakpur-2080 (3).jpg
chhat-janakpur-2080 (4).jpg
chhat-janakpur-2080 (5).jpg
chhat-janakpur-2080 (6).jpg
chhat-janakpur-2080 (7).jpg
chhat-janakpur-2080 (8).jpg
chhat-janakpur-2080 (9).jpg
chhat-janakpur-2080 (10).jpg
chhat-janakpur-2080 (11).jpg
chhat-janakpur-2080 (12).jpg
chhat-janakpur-2080 (13).jpg
chhat-janakpur-2080 (14).jpg
chhat-janakpur-2080 (15).jpg
chhat-janakpur-2080 (16).jpg
chhat-janakpur-2080 (17).jpg
chhat-janakpur-2080 (18).jpg
chhat-janakpur-2080 (19).jpg
chhat-janakpur-2080 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ