arrow

दुई दर्जन जुवाडे पवित्रनगरबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
Arrest-Crime.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका २६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका ८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगुसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  

साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर९जुवा० खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका(४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका १३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ