arrow

सांसद शर्माको नोबेल मेडिकल कलेज सर्वाधिक कर तिरेर सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
noble-medical-2080-08-07.jpg

काठमाडौँ । स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्ष पनि सम्मानित भएको छ ।

गत आर्थिक वर्ष २०७९–८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदाताका लागि आयोजना गरिएको सम्मान कार्यक्रममा सांसद सुनील शर्माको नोबेल मेडिकल कलेज यस वर्षको स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो ।

राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा नोबेल मेडिकल कलेजका तर्फबाट डा खगेन्द्र प्रसाद (केपी) शर्मालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका थिए ।

नोबेल मेडिकल कलेज स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिरेर यसपटकसमेत गरेर पाँच पटक सम्मानित भएको छ ।

२०६१ सालमा विराटनगरको कञ्चनबारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ ।
पटक–पटक मुलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ । 

कोशी प्रदेश सहित विभिन्न प्रदेश र भारतबाट आउने बिरामीलाई नोवेलले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ