arrow

शहर अशान्त बनाउने प्रयास

दुर्गा प्रसाईले समर्थकलाई उक्साएपछि प्रहरी हस्तक्षेप

‘बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन्’ भनेर आह्वान गरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
balkhu-jhadap-police-durga-prasai.jpg

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले समर्थकलाई उक्साएर सम्बोधन गरेपछि प्रहरीले कार्यक्रममाथि हस्तक्षेप गरेको छ । 

दुर्गा प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विभिन्न आठ ठाउँबाट नाराजुलुससहित पुगेर बल्खुमा प्रदर्शन गरेपछि प्रसाईले सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा उनले ‘बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन्’ भनेर आह्वान गरेपछि प्रहरीले रोकेको हो ।

प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप भएको हो । प्रहरीले अश्रुग्याससमेत छाडेको छ । 

यसअघि आजका लागि बल्खुमा प्रदर्शन गर्ने भनेरै प्रसाई समूहले उक्त ठाउँ मागेको थियो । माइतीघर मण्डलामा कार्यक्रम गर्ने भनेपछि एमाले निकट युवा संघसँग झडप हुने देखेर प्रशासनले छुट्टाछुट्टै ठाउँ तोकेको थियो । 

तर प्रसाईले एक्कासी अहिले आएर प्रदर्शनकारीहरु शहर पस्ने भनेपछि माहोल बिग्रिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ