arrow

दुर्गा प्रसाईको आन्दोलनमा राप्रपाको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
rpp-raprapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेतृत्व सम्हालेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा राप्रपाले समर्थन गरेको छ । 

आज अभियानले बल्खुमा आयोजना गरेको आन्दोलन स्थल पुगेर राप्रपाले समर्थन जनाएको हो । राप्रपाका सांसद् तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रम स्थल पुगेर समर्थन जनाएका हुन् ।

राप्रपाको राजसंस्थासहितको पार्टीको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने उनले बताएका थिए ।

दुर्गा प्रसाईका समर्थक बल्खु छाडेर कालिमाटीतर्फ निषेधित क्षेत्र तोडेर जान थालेपछि केही बेर अवस्था तनावग्रस्थ बनेको थियो ।

भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो । 

प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा एक जना गम्भीरसहित २६ जना घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ