arrow

संसदीय सुनुवाइ समितिको बैठक

सर्वोच्चमा प्रस्तावित छ न्यायाधीशको संसदीय सुनुवाइ शुरु [भिडियो]

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालको लागि उजुरी आह्वान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
pashupati-shamser.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित छ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । 

शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको हो । 

साथै बैठकले मन्त्रीपरिषद्ले सिफारिस गरेका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ । प्रस्तावित राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिस गरिएकाहरूका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिए ।

न्याय परिषद्को गत मङ्सिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरू मुसलमान, पौडेल र ढुङ्गाना तथा कानून व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ता द्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसै गरी मन्त्रीपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि आवासीय राजदूतको रूपमा नियुक्ति गर्ने सिफारिस गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ