arrow

सर्वोच्चको न्यायाधीशका लागि सिफारिसमा परेकाहरूको उजुरी लिइने  

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
samsadiya-samiti-2080-08-08.jpg

काठमाडौँ । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशहरु विरुद्ध उजुरी आह्वान गरिने भएको छ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि हालै प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संसद सचिवालयमा सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गर्ने निर्णय लिएर सुनवाइ समितिलाइ जानकारी गराएको थियो । 

सिफारिसको जानकारी गत मंसिर ६ गते समितिलाई पठाएपछि शुक्रबारको बैठकले सुनवाइ प्रकिया शुरू गर्ने निर्णय लिएको हो ।

सरकारले हालै सर्वोच्चको न्यायाधीशका लागि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल, सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ