पूर्वराजाले पृथ्वीनारायणको सालिक अनावरण गर्दै, छैन सम्बोधनको कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
1k
Shares
तस्बिर – फाइल ।
झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले आज पितापुर्खा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दैछन् । झापाको बिर्तामोडमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम रहेको हो ।
उनले दिउँसो २ बजे विशेष कार्यक्रमबीच सालिक अनावरण गर्ने कार्यक्रम रहेको पूर्वराजाको सचिवालयले जनाएको छ । पूर्वराजाले आज विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको भनी सन्देश फैलाइएको भए पनि कुनै सम्बोधनको कार्यक्रम नभएको पूर्वराजाका स्वकीय सागर तिमल्सिनाले जानकारी दिए ।
पूर्वराजा शुक्रबार झापा गएका हुन् । उनी आइतबार काठमाडौँ फर्कने कार्यक्रम रहेको संवाद सचिवालयका सचिव डा फणिराज पाठकले बताए ।