arrow

बिसे नगर्ची र कालु पाण्डे     

logo
शीतल गिरी,
प्रकाशित २०८० पुष २८ शनिबार
sheetal-giri-2080-09-28.jpg

एउटा थिए बिसे नगर्ची         
एउटा थिए कालु पाण्डे     
एउटै राज्यमा बस्दथे     
एक अर्काका सहयोगी         

बिसे नगर्ची थिए बाजा बजाउने     
कालु पाण्डे थिए राज्यका काजी     

धेरै समानता थियो उनीहरूमा         
पृथ्वीनारायणको सपना साकार बनाउन     
जुटेका थिए एकीकरण अभियानमा     
एउटा रण बाजा बजाउँथे      
अर्का सोही तालमा खुँडा नचाउँथे      

जाति थियो दुवैको अलग अलग     
लक्ष्य भने एउटै थियो         

बिसे नगर्चीले देखे     
हतियार किन्ने पैसाको अभावमा चिन्तित राजा         
कम्पनी दश हजार भए पुग्थ्यो         
दिमागले काम गर्यो बिसे नगर्चीको     
गोर्खा राज्यको घर धुरी पनि त छ दश हजार     
बिसेको सोचले काम गर्यो हतियार आयो     

बिसेको तर्क     
कालु पाण्डेको सौर्य     
बिसे नगर्ची र कालु पाण्डे दुवै         
हुन् सच्चा सन्तान नेपाल आमाका ।     

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ