एउटा थिए बिसे नगर्ची
एउटा थिए कालु पाण्डे
एउटै राज्यमा बस्दथे
एक अर्काका सहयोगी
बिसे नगर्ची थिए बाजा बजाउने
कालु पाण्डे थिए राज्यका काजी
धेरै समानता थियो उनीहरूमा
पृथ्वीनारायणको सपना साकार बनाउन
जुटेका थिए एकीकरण अभियानमा
एउटा रण बाजा बजाउँथे
अर्का सोही तालमा खुँडा नचाउँथे
जाति थियो दुवैको अलग अलग
लक्ष्य भने एउटै थियो
बिसे नगर्चीले देखे
हतियार किन्ने पैसाको अभावमा चिन्तित राजा
कम्पनी दश हजार भए पुग्थ्यो
दिमागले काम गर्यो बिसे नगर्चीको
गोर्खा राज्यको घर धुरी पनि त छ दश हजार
बिसेको सोचले काम गर्यो हतियार आयो
बिसेको तर्क
कालु पाण्डेको सौर्य
बिसे नगर्ची र कालु पाण्डे दुवै
हुन् सच्चा सन्तान नेपाल आमाका ।