arrow

पृथ्वीचोकमा पृथ्वीनारायणको शालिक राखेरै छोड्ने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
rastra nirman pokhara.jpg

पोखरा । राष्ट्र गौरव अभियानले पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक जुनसुकै हालतमा राखेर छोड्ने घोषणा गरेको छ ।

शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको शालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने घोषणा गरे ।

उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०/५० फिटको शालिक राख्ने घोषणा गर्दछौँ’, उनले भने, ‘पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ ? हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो शालिक कहीँ हुने छैन ।’

कुनैबेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक संरक्षण गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको नेतृत्व आफूहरूले पोखरामा गरेको कार्यक्रम देखेर झस्किएको र थ्रेट महसुस गरेको कोइरालाले सुनाए ।

अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए । लखन थापाको शालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ