arrow

भारतले कायम गर्‍यो 'प्याटेन्ट फाइलिङ'मा कीर्तिमान

logo
एजेन्सी,
प्रकाशित २०८० असोज ३० मंगलबार
india-flag.jpg
तस्बिर : फाइल

नयाँ दिल्ली। सन् २०२२ मा विश्वव्यापी पेटेन्टिङ गतिविधिले भारतीय आविष्कारकहरूद्वारा नयाँ कीर्तिमान हासिल गरेको छ। विश्व बौद्धिक सम्पत्ति सङ्गठनको वार्षिक विश्व बौद्धिक सम्पत्ति सूचक प्रतिवेदन अनुसार ट्रेडमार्क र डिजाइनका लागि विश्वव्यापी फाइलिङ घटे पनि, विश्वभरका आविष्कारकहरूले सन् २०२२ मा ३.४६ मिलियन प्याटेन्ट आवेदनहरू पेस गरेको उल्लेख गरेको छ।

जसमा सन् २०२२ मा चीनको प्याटेन्ट फाइलिङ सन् २०२१ को तुलनामा ६.८ प्रतिशतले घटेर ३.१ प्रतिशत मात्रै रह्यो। यही अवधिमा भारतीय प्याटेन्ट ३१.६ प्रतिशतले बढेको छ। जुन शीर्ष १० फाइलहरूमा नै सबैभन्दा ठूलो वृद्धि हो।  भारतले सन् २०२२ को प्याटेन्ट फाइलिङमा कीर्तिमान कायम गरेको छ।

विश्व बौद्धिक सम्पत्ति सङ्गठन महानिर्देशक ड्यारेन ताङले भूराजनीतिक अस्थिरता र अनिश्चित आर्थिक स्थितिले विश्वव्यापी बौद्धिक सम्पत्ति (आइपि) इकोसिस्टममा असर पारेको भए पनि भारतको वृद्धिले नयाँ उत्साह थपेको बताएका छन्।

आइपि फाइलिङहरूले विश्वका सबै भागहरूमा नवीनता प्रवर्द्धन, रचनात्मकता, उद्यमशीलता र डिजिटलाइजेशनको बढ्दो स्तरहरूलाई उजागर गरेको जनाइएको छ।

सन् २०२२ मा ग्लोबल पेटेन्ट, ट्रेडमार्क र औद्योगिक डिजाइन फाइलिङ गतिविधिको ६७.९%, ६७.८% र ७०.३% एशियाको रहेको छ र यसको सबैभन्दा ठूलो हिस्सा भारतले ओगटेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले प्याटेन्ट फाइलिङमा नयाँ कीर्तिमान कायम गर्नुले युवाहरूको लागि बढ्दो नवीन ऊर्जा प्रदर्शन र यो समयको लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ