arrow

ग्लोबल आइएमई बैङ्कको ३५१औँ शाखा बैतडीको पाटनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
global-ime-bank-baitadi-patan.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं.६ स्थित पाटन बजारमा बैङ्कको नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैङ्कको नयाँ शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच गरेका छन्।

नयाँ शाखाको सञ्चालनसँगै बैङ्कको शाखा कार्यालयहरूको सङ्ख्या ३५१ पुगेको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो।

बैङ्कले ३५१ शाखा, ३६९ एटिएम, २७४ शाखा रहित बैङ्किङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ