गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन सक्दैन : प्रधानमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
948
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको विरुद्ध केही कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोसिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने बताएका हुन् ।
उनले इतिहास जहिले पनि अग्रगमन तिरै अगाडी बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने बताए । प्रधानमन्त्री दाहालले यो परिवर्तनको बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पनि पछाडि फर्काउन नसक्ने बताए ।