arrow

रास्वपाले मधेसको पीडालाई सम्बोधन गर्न चाहेको रविको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
ravi-lam-jaleshor.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसको पीडालाई सम्बोधन गर्न आफ्नो पार्टीले चाहेको दाबी गरेका छन् । 

सोमवार महोत्तरीको जलेश्वरमा आयोजित पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । 

मधेसमा विद्यमान गरिबी, अशिक्षा, बेरोजगारीसहितको विभेद अन्त्य गर्नुपर्ने सन्देश दिनका लागि आफूहरूले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा गर्ने निर्णय लिएको सभापति लामिछानेको भनाई थियो ।

 उनले आफ्नो पार्टीले मधेसलाई प्राथमिकतामा राखेको र सरकारलाई पनि प्राथमिकतामा राख्न आफूहरूले बैठकले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

सोमवारबाट शुरु भएको बैठकमा सभापति लामिछानेले राजनीतिक प्रश्ताव पेश गरेका छन् । 

पार्टीको हालसम्मका कार्यक्रमको समिक्षा गरी भावी कार्यक्रम पनि सो बैठकले तय गर्ने पनि सभापति लामिछानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ