arrow

वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौंः रवि लामिछाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
raviji.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताएका छन् । 

बुधवार जनकपुर धाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउँदै शासकीय स्वरूपमा केही कमी कमजोरी रहेको बताए । 

उनले शासकीय स्वरूपमा भएका कमी र कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने बताए । 

उनले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम आफूहरूले काम गर्ने पनि बताए ।

उनले भने, ‘नीति विचारका बारेमा हामीले दस्ताबेज करणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपि शासकीय स्वरूपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो । हामी वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ