arrow

नेपाल समलिंगी विवाह दर्ता गर्नेमा दक्षिण एसियाकै पहिलो देश

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
lgbte-first-surendra-ram.jpg

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले समलिंगी जोडीको बुधबार विवाह दर्ता गरेको छ । दोर्दी गाउपालिका २, अर्चलबोटको कार्यालयले विवाह दर्ता गरेको हो ।

सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार वडा कार्यालयले विवाह दर्ता गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । 

उनका अनुसार अनुसार दोर्दी गाउँपालिका २, सल्लाबोटका रामबहादुर गुरुङ (माया गुरुङ) ले नवलपरासीको कावासोती नगरपालिका ८, का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरेका हुन् ।  

दुवैले दोर्दी गाउँपालिका २, अर्चलबोटस्थित वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएकोमा वडा कार्यालयले विवाह दर्ता गरेको वडाअध्यक्ष गणेशबहादुर खत्रीले बताए ।

गाउँपालिका अध्यक्ष अधिकारीले समलिंगी विवाह नेपालमै पहिलो भएको दाबी गरे । समलिंगी विवाह उहाँहरुको अधिकार भएको र यो नेपालमा मात्रै नभएर सम्भवतः दक्षिण एसियामै पहिलो घटना भएको उनले बताए ।

शुरुमा गाउँपालिकामा विवाह गर्न निवेदन दिएकोमा गाउँपालिकाको समन्वयमा दुवैले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निवेदन दिएपछि वडामै विवाह दर्ताको बाटो खुलेको हो । 

विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएसँगै वडा कार्यालयमै विवाह दर्ता भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ