arrow

कांग्रेसको प्रथम प्रदेश सम्मेलनमा रक्तदान एवं स्वास्थ्य परीक्षण

logo
नारायण वली,
प्रकाशित २०८० मंसिर १६ शनिबार
congress-2080-08-16x.jpg

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश प्रथम सम्मेलन शनिबारदेखि बुटवलमा शुरु भएको छ । पहिलो दिन उद्घाटन सत्र भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला लगायतका नेताहरुले उद्घाटनलाई सम्बोधन गरेका थिए । 

सो क्रममा कांग्रेसको स्वास्थ्य विभागले रक्तदान तथा सहभागीको स्वास्थ्य परीक्षण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले रक्त संकलन प्याकेट हस्तान्तरण गरेर शुभारम्भ भएको रक्तदानमा ६५ जना सहभागी भएका थिए । 

नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यले शुरुआतमा रक्तदान गरेसँगै रक्तदानको क्रम अगाडि बढेको थियो । रक्तदाताहरुलाई कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले प्रमाणपत्र वितरण गरेका थिए । 

उक्त स्वास्थ्य कार्यक्रमकी संयोजक अञ्जना पाण्डेका अनुसार उक्त स्वास्थ्य कार्यक्रममा स्वास्थ्य परीक्षणसमेत भएको थियो । जसमा तीन हजार जनाले स्वास्थ्य परीक्षण गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ