arrow

सांसद केसी सम्मानित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
dhanbahadur-kc-rukum-congre.jpg

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी (डीबी) सम्मानित भएका छन् । रुकुम पूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद केसी बुटवलमा जारी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट सम्मानित भएका हुन् । 

पार्टी सङ्गठन सुदृढीकरणमा महत्पूर्ण भूमिका खेलको भन्दै नेपाली कांग्रेसले उनलाई सम्मान गरेको हो । कांग्रेसले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सम्मान गर्ने क्रममा सांसद केसीलाई सम्मान गरेको उनका स्वकीय सचिव लोकेन्द्र खनालले जानकारी दिए । 

लुम्बिनी प्रदेशमा कांग्रेसका प्रत्यक्ष तर्फका १७ र समानुपातिक तर्फका १० गरी २७ जना सांसद रहेका छन् ।  

गत वर्ष भएको निर्वाचनमा २३ वर्षपछि रुकुम पूर्वबाट कांग्रेस नेता केसी लुम्बिनी प्रदेश सभामा अत्यधिक मतका साथ निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ