arrow

भाउन्ने आसपास २०–२२ ओटा हात्ती एकैपटक देखिए, आक्रमणबाट लेटाङका कमलको मृत्यु

logo
विवेक मिश्र, 
प्रकाशित २०८० मंसिर १८ सोमबार
killed-2080-08-18b.jpg

मोरङ । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको पाइएको छ । 

बाटो हिँड्नेहरुले जंगलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । 

प्रहरीका अनुसार भाउन्ने आसपासमा आइतबार रातभर २०–२२ वटाजति हात्ती देखा परेका थिए । स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जंगलतर्फ धपाएको जानकारी डीएसपी दाहालले दिए । 

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्ती देखा परिरहेका छन् । 

लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतंक मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ