एनसेल खरिद बिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ – सञ्चार मन्त्रालय
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
815
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले मंंगलबार विज्ञप्ति जारी गर्दै नेपाली र नेपालीको हित संरक्षण गर्न तथा प्रचलित कानुनको पालना गर्न–गराउन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने मन्त्री शर्माले बताइन् ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने उक्त कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको भनी मन्त्री शर्माले उल्लेख गरेकी छिन् ।