arrow

गृहमन्त्री श्रेष्ठको छातीमा असहज, गंगालाल हृदय रोग केन्द्रमा भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
narayankaji-shrestha-2080-06-07.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि उनी मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । 

गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । यनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । 

चीन भ्रमणका क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो । 

मंगलबार साँझ उनी सत्तागठबन्धनको बैठकमा सहभागी थिएका थिए । तर त्यसपछि उनलाई अचानक छातीमा असहज महसुस भएको थियो ।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ