arrow

डाक्टरले श्रीमती र छोराछोरीको हत्यापछि गरे आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
india-flag.jpg

नयाँदिल्ली । उत्तर प्रदेशको रायबरेलीमा एक डाक्टरले आफ्ना दुई छोराछोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । 

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै शव आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ । डिप्रेसनबाट पीडित पुरुषले पहिले श्रीमती र छोराछोरीको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार रायबरेलीका ती डाक्टरले आफ्नी श्रीमती र दुई निर्दोष बच्चाको हत्या गरी झुण्डिएर आत्महत्या गरेको आरोप लागेको छ । 

यो घटना आइतबार भएको बताइएको छ । त्यसपछि उक्त क्षेत्रमा डाक्टर र उनको परिवार देखिएन । दुई दिनसम्म अस्पताल नआएपछि डाक्टरका सहकर्मी उनको घर पुगेपछि घटनाबारे थाहा पाएका थिए ।

एकै परिवारका चार जनाको मृत्युको घटनाले सो क्षेत्र त्रसित बनेको छ । घटनाको जानकारी पाएपछि रायबरेलीका एसपी आलोक प्रियदर्शीसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको नजिकबाट निरीक्षण गरेको थियो। 

सो क्रममा प्रहरीले मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ । पहिले बालबालिकालाई मादक पदार्थ खुवाएर बेहोस बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

त्यसपछि डाक्टरले श्रीमतीको पनि हत्या गरेका थिए ।

जानकारी दिँदै एसपी आलोक प्रियदर्शीले आँखा विशेषज्ञ डाक्टर डिप्रेसनबाट पीडित रहेको बताए । छोराछोरीको हत्यापछि बाबुले हातको नस काटेर आत्महत्या गर्ने प्रयास गरे पनि सफल नभएपछि उनले झुण्डिएर आत्महत्या गरेका हुन् । बालबालिकामा १४ वर्षकी बालिका र ४ देखि ५ वर्षका बालक रहेका छन् । 

मृत्युको कारण पोष्टमार्टम पछि खुल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ