arrow

कोहलपुर क्रिकेट रंगशालालाई महिला एकेडेमी बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
digbahadur-limbu-field-visi.jpg

कोहलपुर । कोहलपुर क्रिकेट रंगशालालाई महिला क्रिकेट एकेडेमी बनाउन पर्नेमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सुझाव दिएका छन् । दशौँ राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रंगशालाको अवलोकन गर्दै मन्त्री लिम्बू र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानीय तहसँगको सहकार्यमा रंगशालाको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । 

पाँच बिगाह क्षेत्रफलमा फैलिएको क्रिकेट रंगशालामा एकातर्फ पाराफिट निर्माणको कार्य भइरहेको छ । करिब दुई करोड ११ लाख रुपैयाँको बजेटमा निर्माण हुँदै गरेको पाराफिट २०८१ जेठ भित्र सम्पन्न हुनु पर्ने संझौता रहेको छ । क्रिकेट रंगशालाका विषयमा परिषद्का बोर्ड सदस्य तथा क्रिकेटका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी गराएका थिए । त्यस क्रममा नेपालगञ्जबाट निर्वाचित प्रदेश सांसद तथा कोहलपुर नगरपालिकाका मेयर र वडा अध्यक्षहरुले क्रिकेट मैदान निर्माणमा स्थानिय तह तयार रहेको बताए ।

यस्तै मन्त्री लिम्बूले नेपालजञ्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट्रयाकको पनि निरीक्षण गरेका छन् । ११ करोड ६६ लाख बजेटबाट निर्माण हुँदै गरेको ट्याकमा हाल बेसको काम भइरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिएका छन् । 

आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी संझौता भए पनि चिसो मौसममा पिचको काम गर्न अप्ठेरो पर्ने भएकाले बैशाखसम्म काम सकिने बताइएको छ । निरीक्षणका क्रममा सदस्य सचिव टंकलाल घिसिङले निर्धारित समयभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । 

त्यस क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ