arrow

यू-१९ एसिया कप क्रिकेट : टस जितेर नेपाल अफगानिस्तानविरुद्ध फिल्डिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
acc-nepal-afgan.jpg

काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस जितेको छ । 

टस जितेर नेपालले फिल्डिङ  रोजेको छ ।  टस हारेको अफगानिस्तानले ब्याटिङको निम्तो पाएको हो । 

यू-१९ एसिया कपमा नेपाल रहेको समूह ए मा भारत, अफगानिस्तान र अफगानिस्तान रहेका छन् । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बङ्गलादेश, जापान, श्रीलङ्का र युएई रहेका छन् ।

यसअघिको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । 

यता अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।

सेमिफाइनल सम्भावना जीवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाब छ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ