arrow

सन्दीप लामिछानेको बलात्कार मुद्दा फेरि स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नाबालिगको बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । पटक–पटक स्थगित हुँदै आएको सन्दीप विरुद्धको आजको मुद्धा पनि स्थगित भएको हो । काठमाडौँँ जिल्ला अदालतमा चलिरहेको मुद्दा आज न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो ।

तर एक नम्बरमै परेको मुद्दा सन्दीपका कानून व्यवसायीका तर्फबाट स्थगित गरिएको हो । नेपाल बार एसोसिएसनका तर्फबाट चितवनमा आयोजित मानवअधिकार सम्मेलनमा अधिवक्ताहरू व्यस्त रहेकाले मुद्दा स्थगित गर्नुपरेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेको तर्क रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ