arrow

ग्लोबल आइएमई बैङ्कको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा, स्टक ब्रोकर सम्बन्धी सेवा प्रदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
global-ime-securities-chandra-dhakal-inauguration.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितो पत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितो पत्र खरिद सेवाको सुरु गरेका थिए।

सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गरे र धितो पत्र बजारको विकास र बिस्तार सँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए।

त्यसै गरी ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए।

समारोहमा ग्लोबल आइएमई बैङ्कका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकहरू लगायत बैङ्कको उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नेपाल धितो पत्र बोर्डबाट धितो पत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँ बानेश्वर शंखमुल मार्ग र नेपाल स्टक एक्सचेञ्ज लिको धितो पत्र दलाल सदस्य नं ८९ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ