arrow

अनवरत खटिएका र एक पटक पनि अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउनुपर्छ – सांसद शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
sunil-sharma-2080-08-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले एक पटक पनि अवसर नपाएका कांग्रेसका नेतालाई राष्ट्रिय सभामा ल्याउन माग गरेका छन् । उनले कांग्रेसको गगन–शेखर समूहको छलफलपछि संचारकर्मीसँग राष्ट्रिय सभामा आउने १९ जना कोही पनि दोहोरिएर वा पहिले चुनाव लडेकाहरु हुन नहुने बताए । 

उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताएका हुन् । यसो भनिरहँदा उनले गगन–शेखर समूहमा पनि समस्या भएको बताए । तर उनले सबै मिलेर जानुको विकल्प नभएकोमा जोड दिए । 

उनले भने, ‘बीपी कोइरालाको, गिरिजाबाबुको समयमा अनवरत खटिएका एक पटक पनि अवसर नपाएकालाई अहिले अवसर दिनुपर्छ ।’ 

उनले भने, ‘कांग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरुलाई अवसर दिने यो अवस्था अहिले देखिएको छ । जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरुलाई अवसर दिनुपर्छ । पटकपटक अवसर पाएकाहरुलाई र टिकट लिएर हारेकाहरुलाई अवसर दिनु हुँदैन । हाम्रो गुटभित्र पनि समस्या भयो । शेखर दाइ र गगनजीको बीचमा समस्या आए । यो लुकाएर पनि हुँदैन । तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ । शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ ।’

उनले एनसेल काण्डलाई छिटोभन्दा छिटो निराकरण गर्नुपर्ने बताएका छन् । उनले कुनै आयोग बनेरमात्र नहुने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ