arrow

धोनीको सात नम्बर रिटायर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
dhoni-new-aa.png
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको सात नम्बरको जर्सी रिटायर्ड भएको छ । दुई पटकका विश्वकप विजेता कप्तान धोनीको ७ नम्बर जर्सी अब कुनै पनि भारतीय क्रिकेटका लागि उपलब्ध हुने छैन । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनको जर्सी रिटायर्ड गर्ने निर्णय गरेको हो । 

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको करिब तीन वर्षपछि बीसीसीआईले यो निर्णय गरेको हो । धोनीले सन् २०२० को अगस्त १५ मा संन्यास लिएका थिए । उनले सन् २०१४ मा टेष्टबाट संन्यास लिइसकेका थिए । 

भारत यो किसिमको सम्मान पाउने दोस्रो खेलाडी हुन् । यसअघि सचिन तेन्दुलकरको १० नम्बरको जर्सी २०१७ सालमा रिटायर्ड गरिएको थियो । 

बीसीसीआईले डेब्यु गर्ने खेलाडीहरुलाई पनि सात नम्बर १० नम्बर बारेको सूचना दिइसकेको छ । 

धोनीले आफ्नो कप्तानीमा सन् २००७ मा टी–२० विश्वकप र सन् २०११ मा एक दिवसीय विश्वकप जिताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ