arrow

कांग्रेस आफैँ बलियो छ भने कम्युनिष्टसँग किन मिल्नुपर्यो ? – शशांक कोइराला

logo
हरि पन्त, 
प्रकाशित २०८० पुष ३ मंगलबार
sashank-koirala-2080-09-03.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवा भन्दा तलका सबै कार्यकर्ता भएको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा बोल्दै डा. कोइरालाले सभापतिलाई सबैले मान्नुपर्ने भन्दै उनीभन्दा तलका सबै कार्यकर्ता भएको तर्क गरे । 

उनले कांग्रेसले कहाँ गल्ती गर्यो त्यो पत्ता लगाउनुपर्छ भन्दै कांग्रेस आफैँ बलियो छ भने कम्युनिष्टसँग किन मिल्नुपर्यो ? भनी प्रश्न गरे । 

उनले कांग्रेसमा गुट सधै भएको उल्लेख गरे । सो क्रममा उनले धर्म निरपेक्षका बारेमा बोल्दै भने, ‘निरपेक्ष भनेको धर्म मान्दिन भन्नु हो । संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनु पर्छ ।’



नयाँ