arrow

प्रचण्ड भन्छन्- मलाई अझ धेरै भ्रष्टाचार र माफियामाथि हान्न मन छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
prachanda-sasakiya.jpg

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् । 

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रचण्डले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताएका हुन् । 

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिवद्धता गरेअनुसार काम गर्न नसकेको बताएका हुन् । 

प्रचण्डले आफूले नेपालको अन्तर्राष्ट्रिय छविलाई पनि माथि उठाएको दाबी गरे। आफू नेपालको कुटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी आक्रमक ढंगले अगाडी बढेको पनि उनको भनाई छ ।

उनले भने – ‘यदि माननीय सदस्यहरुले सबै काण्ड उस्तै हुन् । सबै मान्छे उस्तै हुन् । सबै नेता उस्तै हुन् भने भने त सडकमा अथवा सोसल मिडियामा चाहिने नचाहिने कुरा गरेर संघीयता, गणतन्त्र, लोकतन्त्रका बिरुद्ध गालि गरेर, अराजकता श्रृष्टि गर्नेको भाषा र हाम्रो भाषा उस्तै उस्तै भयो भने त्यसले के हामी सिस्टमको पक्षमा हुन्छौँ त ? हामीले सिस्टमलाई मद्दत गरेका हुन्छौँ कि जानी, नजानी त्यही प्रवृत्तिलाई प्रोत्साहित गरेका हुन्छौँ भन्ने पनि हामी सबैले सोच्ने हो कि ? मेरो हार्दिक अनुरोध माननीय सदस्यहरुलाई । सबै काण्ड एउटै होइनन् । मलाई अरु केही गर्नुछैन । र मैले जति चाहेको छु त्यति गर्न अझै सकेको छैन । पाएको छैन भन्ने कुरा पनि मैले पब्लिक्ली भनेको छु । सुशासनको पक्षमा या सामाजिक न्यायको पक्षमा या समृद्धिका पक्षमा । मेरो यो पटकको आकांक्षा, मेरो प्रतिवद्धताअनुसार अझ मैले सकेको छैन । पाएको छैन भन्ने चिन्ता छ मलाई । अझ धेरै भ्रष्टाचारमाथि हान्न मन छ मलाई । अझ माफिया माथि हान्न मन छ मलाई । अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि मेरो ठाउँबाट त मैले बेस्सरी पहल गरेँ भन्ने छ । म त्यसमा सन्तुष्ट पनि छु । चाहे भारत होस् । चाहे चीन होस् । चाहे इटाली, अमेरिका वा राष्ट्रसंघ । मैले नेपालको कुटनीतिक अवस्थालाई, सन्तुलनलाई र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ ढंगले, आक्रमक ढंगले गएकै छु म भने यो पनि उस्तै हो भनेर तपाईहरुले भनिदिनु भयो भने को चाहीँ आएर के चाहीँ हुन्छ त फेरि ? हामी पनि सबै साक्षि त छौ नि त यहीँ ।’

प्रचण्डले विभिन्न प्रकरणहरुको प्रकृतिअनुरुप कारबाही प्रक्रिया पनि अगाडी बढाइएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ