arrow

अवैध सुनका गहनासहित दुई जना तुलसीपुरबाट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
Arrest-Crime.jpg
तस्बिर – फाइल ।

दाङ ।  दाङको तुलसीपुरमा अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ३ डाडाकुटीका २१ वर्षीय शेरबहादुर विश्वकर्मा र सोही ठाउँका १९ वर्षीय रुपलाल विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार अपरान्ह ४ बजेको समयमा तुलसीपुर बजारमा शंकास्पद रुपमा सुन बिक्री गर्न हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बिल कागजातहरु नभएका सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४ वटा र १ तोला २ दशमलव ५ लाल सुन बरामद गरिएको प्रहरीले जनाएको छ । 

उक्त सुनको मूल्य १ लाख २१ हजार ९ सय ७५ रुपैयाँ रहेको छ । पक्राउ परेका दुवै जनालाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि बरामद गरिएको सामान सहित राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ