arrow

मधेस प्रदेश सम्मेलनको मञ्चमै गएनन् विमलेन्द्र निधी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
deuba-nidhi-2080-09-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधी मर्यादाक्रम विवादका कारण मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मञ्चमै गएनन् । 

जनकपुरको तिरहुतिया गाँछीमा शुरु भएको कांग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटनमा मर्यादाक्रमको विवाद देखिएसँगै नेता निधी मञ्चमै नगएका हुन् । 

निधी आफूले वरीयता नपाउने भएसँगै मञ्चमै नगएर भद्र तरिकाले असहमति जनाएका हुन् । 

त्यसो त डा. शेखर कोइराला पनि सभापति शेरबहादुर देउवापछि वरीयता नपाएरै उपस्थित नभएको बताइएको छ । सोही क्रममा निधीले पनि भद्र असहमति जनाएका हुन् । 

उनी दर्शकदीर्घमै बसिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ