arrow

मैथिली एसोसिएसनको अध्यक्षमा प्रवीण चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
Maithili.jpg

विराटनगर । मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारणसभाले मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

सो समितिमा उपाध्यक्षमा वरिष्ठ समाजसेवी आभा अनुपमा र पङ्कज वर्मा, महासचिवमा राकेश देव, सचिवमा भाष्कर चौधरी र अजय कर्ण, कोषाध्यक्षमा मीरा देव र सदस्यहरुमा प्रकाश प्रेमी, पुनम सिंह, वन्दना चौधरी, वीरेन्द्रकुमार झा, दीपेन्द्र स्वर्णकार, रोजी झा, सरिता साह र मञ्जु मिश्र निर्वाचित भएका छन् । 

निर्वाचन समितिका संयोजक शिवनारायण पण्डित सिङ्गलले निर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । मैथिली भाषाका वरिष्ठ अभियन्ताद्वय रामरिझन यादव तथा डा योगेन्द्रप्रसाद यादवले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे । 

उद्घाटन सत्रमा प्रमुख अतिथि कोशी प्रदेशसभाका पूर्वसदस्य जयराम यादवसहितका वक्ताहरूले मैथिली भाषा र भाषिक अधिकार सम्बन्धित अनेकौँ ध्येय विषयवस्तुमा एसोसिएसनले अभियान सञ्चालित गर्नुपर्ने ध्यानाकर्षण गराएका थिए ।

नेपालको नयाँ राजनीतिक परिदृश्य र खास गरी सङ्घीयता लागू भएपछि स्थानीय निकाय र प्रदेश सरकारको कामकाजको भाषाका रूपमा कोशी प्रदेश र मधेस प्रदेशका साथ अन्य प्रदेशमा पनि मैथिली भाषीहरुको हकहित, मैथिली भाषा (साहित्यको शिक्षामा समावेश र सामाजिक) सांस्कृतिक व्यवहारमा मैथिली भाषाको प्रयोग र संवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मैथिली एसोसिएसन नेपालले सम्पूर्ण भाषाभाषीलाई सङ्गठित गर्न सक्ने सम्भावनाप्रति वक्ताहरूले मार्गदर्शन गराएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ