arrow

रविलाई खोया प्रहार गर्ने युवकलाई शान्ति भंग गरेको कसूर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
rabi-lam.jpg
तस्बिर-फाइल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि मकैको खाया प्रहार गर्ने युवक अझै १० दिन प्रहरी हिरासतमै रहने भएका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीबाट शान्ति भंग गरेको कसुरसम्बन्धी मुद्धामा १० दिन हिरासतमा राख्ने अनुमति लिएको जनाएको छ ।

शनिबार अमरसिंहचौर आयोजित खुला सभामा रास्वपा सभापति लामछानेलाई लक्षित गरि लमजुङको राइनास नगरपालिका वडा नंं ८ का सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । 

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । राइनास-८ वडाध्यक्ष कृष्णबहादुर रानाभाटले खोया प्रहार गर्ने सन्तोषको परिवारमा अन्य व्यक्ति साथमा नरहेको र उनी राजनीतिक आस्था राख्ने व्यक्ति पनि नभएको बताएका छन् ।

एसपी थापाका अनुसार उनले आक्रमण गरेको कुरा पनि अस्वीकार गरेका छन् । हान्छु भनेर नहानेको, झुक्किएर खोया मञ्च तिर गएको बयान दिएको थापाले बताए ।

‘झट्ट हेर्दा मानसिक स्थिति पनि ठिक नभएको जस्तो देखिन्छ’, उनले भने । तर पनि अनुसन्धानलाई पूर्णता दिनका लागि म्याद थपेरै सबै पाटाहरु केलाउने प्रहरीको भनाइ छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने घटना सुनियोजित तवरले घटाइएको हुन सक्ने आशंका गरेका छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका रानाभाटलाई भेट्न पुगेका सभापति लामिछानेले यस्तो आशंका गरेका हुन् । 

उनले भने, ‘उनीसँग कनै परिचयपत्र छैन, मोवाइल बोकेका छैनन् । मापसे पनि गरेका छैनन् । आफ्नो परिचय राम्रोसँग भन्दैनन् । म पक्राउ नै पर्छु भन्ने हिसावले उनी कार्यक्रम स्थलमा प्रवेश गरेको देखिन्छ । यो घटना सुनियोजित तवरले नै भएको सहजै अनुमान गर्न सकिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ