arrow

गन्तव्य बेथानचोक [फोटोफिचर]

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० पुष १४ शनिबार
bethanchowk-tourism-spot (13).jpeg

काभ्रेपलाञ्चोक । पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा पर्यटकीय पूर्वाधार विकाससमेत तीब्र रुपमा हुन थालेको छ ।

गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्रमा पर्यटकको सुविधाका लागि विश्रामस्थलदेखि सिँढीसमेत निर्माण भएका छन् । यसले गाउँपालिकामा आउने पर्यटकका लागि थप सहज वातावरण हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकामा अहिले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना एसटीएलआरपी सञ्चालन गरिएको छ । पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डको एसटीएलआरपी परियोजना गाउँपालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको छ । परियोजनाका लागि यूनडीपीको आर्थिक सहयोग रहेको छ ।

विश्राम स्थलदेखि पर्यटकीय गन्तव्य निर्माणसम्मः
यस अन्तर्गत बेथानचोक गाउँपालिकाका तीन ठाउँमा पूर्वाधार निर्माण भएका छन् । जस अन्तर्गत बेथानचोक पर्यटन विश्राम स्थल, तीनतले पर्यटन गन्तव्य निर्माण, ब्राह्मण डाँडा पर्यटकीय गन्तब्य निर्माण कार्यक्रम रहेको छ । 

ब्राह्मण डाँडामा एउटा पिकनिक स्पट, सार्वजनिक शौचालय र मन्दिर मर्मतको काम भएको छ । यसैगरी तीनतले पर्यटन गन्तव्य निर्माण अन्तर्गत एउटा चेन्जिङ रुम, पर्यटकलाई आराम गर्ने ठाउँ र त्यहाँ जान सहज हुने सिँढी निर्माण भएको छ । 

सोही ठाउँमा तीनतले झरना लेखेको थ्रिडी बोर्ड पनि राख्न लागिएको छ । जिल्लाकै सबैभन्दा आकर्षणको केन्द्र बनेको बेथानचोक पर्यटन विश्राम स्थलमा भने हाइकिङ जानेहरुको लागि २ ओटा ठाउँमा आरम गर्दै केही दृश्यावलोकन गर्न सकिने वातावरण तयार गरिएको छ । 

यी कार्यक्रमको लागि ३५ लाख ४० हजार बजेट रहेको गाउँपालिकाका भौतिक पुर्वाधार विकास शाखा प्रमुख इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले बताए । 

उनका अनुसार एसटीएलआरपीले १५ लाख र २० लाख ४० हजार गाउँपालिकाले बेहोर्ने छ ।

यो बाहेक तीन वटै ठाउँमा ३० वटा जति डस्विन पनि राखिएको छ । यसैगरी पर्यटकहरुको लागि ठाउँ ठाउँमा साइनबोर्डहरु पनि राखिएको छ । जसले गर्दा पर्यटकहरुले कहाँदेखि कहाँसम्मको दूरी कति छ भन्ने बारेमासमेत जानकारी पाउन सहज हुने तिमल्सिनाको भनाइ छ ।

यही डिसेम्बरभित्र सम्पन्न गर्ने तयारी भएको यो परियोजना असोज २१ गतेबाट शुरु भएको थियो ।

परियोजना सम्पन्न गर्ने क्रममा सबै कामको लागि दक्ष स्थानीय जनशक्ति पाउन भने केही समस्या भएको थियो । त्यो बाहेक अरु कुनै समस्या नभएको तिमल्सिनाले बताए । 

परियोजना सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको लागि धेरै कुरामा पहिलेभन्दा सहज हुने अपेक्षा गरिएको छ । ‘चेन्जिङ रुमले गर्दा आउने पर्यटकले सहज महसुस गर्ने छन्’ इन्जिनियर तिमल्सिना भन्छन्, ‘ब्राह्मण डाँडा नयाँ पर्यटकीय गन्तव्य हो । अहिलेसम्म बाहिर प्रचारमा थिएन । परियोजनाले पर्यटकलाई यो ठाउँको बारेमासमेत जानकारी दिने वातावरण बनेको छ ।’ 

यो परियोजना अन्तर्गत भएका कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । 

गाउँपालिका अध्यक्ष भगवान अधिकारीको पहलमा ल्याइएको परियोजना सम्पन्न गर्न वडाध्यक्षहरु तथा अन्य जनप्रतिनिधिले पनि सक्रिय भूमिका निर्वाह गरेका छन् ।

bethanchowk-tourism-spot (1).jpeg
bethanchowk-tourism-spot (2).jpeg
bethanchowk-tourism-spot (3).jpeg
bethanchowk-tourism-spot (4).jpeg
bethanchowk-tourism-spot (5).jpeg
bethanchowk-tourism-spot (6).jpeg
bethanchowk-tourism-spot (7).jpeg
bethanchowk-tourism-spot (8).jpeg
bethanchowk-tourism-spot (9).jpeg
bethanchowk-tourism-spot (11).jpeg
bethanchowk-tourism-spot (12).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ