arrow

प्रो क्लब च्याम्पियनशिप क्रिकेटको उपाधिका लागि पुलिस र पर्सा भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
proclub-championship-2080.jpg

वीरगञ्ज । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनशिप क्रिकेटको उपाधिका लागि नेपाल पुलिस क्लब र पर्सा–११ भिड्दै छन् । शुक्रबार भएका सेमिफाइनलमा पुलिसले भारतको क्लबलाई तथा पर्साले नेपाल आर्मी क्लबलाई हराएर फाइनलमा स्थान बनाएको हो । 

फाइनल आजै हुँदैछ । आजै तेस्रो स्थानका लागि आर्मी र भारतीय क्लब भिड्दै छन् । 

सेमिफाइनल खेलमा पुलिसले भारतीय वण्डर्स क्लब नोयडामाथि ४ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा पुगेको हो ।

नेपाल पुलिसले दिएको ११३ रनको लक्ष्य पछ्याएको नोयडा २० ओभरमा ९ विकेट गुमाउदै १०८ रनमा रोकिएपछि पुलिस ४ रनले विजयी भएको थियो ।

नोयडामाथि रोमाञ्चक जित निकाल्ने क्रममा पुलिसका बलर सागर ढकालले ३, रशिद खानले २ तथा ललित राजबंशी र शेर मल्लले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन मात्र बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ