arrow

साहित्यकार मोहन सिटौलालाई मातृ शोक

logo
हाम्रा कुरा
प्रकाशित २०७२ मंसिर २८ सोमबार
mohan.sitoula.jpg.jpeg

झापा । तेह्रथुम आठराई पुरानो घर भइ हाल झापा चारपाने बस्दै आउनु भएकी ९४ बर्षीय लक्ष्मी देवी सिटौलाको सोमबार बिहान ९ बजे निधन भएको छ । मृतक सिटौला प्राध्यापक तथा साहित्यकार मोहन सिटौलाको आमा हुुनुहुन्छ । नेपाली र अंग्रेजी भाषामा बिभिन्न पुस्तक तथा साहित्यिक कृति निकाल्नुभएका सिटौला त्रिबीमा प्राध्यापक भएर लामो समय बिताउनुभएको थियो । हाल अमेरिकामा बसेर नेपाली साहित्यको क्षेत्रमा समेत काम गर्दे आउनुभएको छ । मृतक सिटौलाका सात भाई छोरा तथा ३ बहिनी छोरी रहेको मृतकका नाती तथा पत्रकार अखिल सिटौलाले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ