arrow

मालिकामा धारिलो ढुङ्गाले हानेर एक जनाको हत्या, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
crime-final-everytime-use.jpg

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।

छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए । 

मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ । घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रनाउ कुँवरले जानकारी दिए । उनका अनुसार दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो ।

प्रियङ्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रनाउ कुँवरले जानकारी दिए । घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ